तीसौं विश्व आदिवासी दिवस भोली शुक्लागण्डकीमा पनि मनाइने
दुलेगौंडा, २४ साउन । तीसौं विश्व आदिवासी दिवस शुक्लागण्डकीमा पनि मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष साउन २५ गते शुक्रवार विविध कार्यक्रमसहित मनाउने भएको हो । विहान ११ बजे गल्छिनाबाट ¥यालीसहित शुरु हुने कार्यक्रम दुलेगौंडास्थित ह्वाइट ह्वास पार्टी प्यालेसमा आएर सभामा परिणत हुने छ ।
दिवसबारे जानकारी दिने उदेश्यले बुधवार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा विभिन्न जातीय समुदायको झाँकी तथा ¥याली प्रदर्शन एवं विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने समन्वय परिषद अध्यक्ष तुलसी कुमारी श्रेष्ठले जानकारी दिईन् । साथै नगरका ८ वटै आदिवासी जनजाति समुदाय र अगुवाहरुको सहभागितामा आफ्नो संस्कृति झल्कने भुषभुषा र मातृभाषामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको परिषदका सल्लाहकार संयोजक खिम बहादुर कुमालले बताए । उनले दिवसले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नकालागि राज्यलाई दबाब दिन दिवसले सहयोग पुग्ने उल्लेख गरे । नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकीका सचिव विमल जिसीले दिवसले जजाति एक छौ भन्ने सन्देश दिने बताए । नगर समन्व्य परिषद अध्यक्ष तुलसी कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका उपाध्यक्ष कुल कुमार कुमाल, सचिव सुमन आले लगायतले बोलेका थिए ।
संयुक्त राष्ट्रसङ्घले अगष्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष विश्वका आदिवासीले यो दिवस मनाउन थालेका हुन् । यस वर्ष ‘संविधान प्रदत्त अधिकारी आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लगु गर’ भन्ने नाराका साथ दिवस मनाइदै छ ।
प्रतिकृया दिनुहोस