तनहुँ कलाकार संघले खुल्ला तीज गीत प्रतियोगिता गर्ने
दुलेगौंडा, १९ साउन । तनहुँ कलाकार संघले जिल्ला व्यापी खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । आगामी भदौ १५ गते भिमाद रंगशालामा सो प्रतियोगिता आयोजना गरिने संघका अध्यक्ष समेत रहेका मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद गौतमले शनिवार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने समुहले नगद १५, द्धितीले १० हजार, तृतीयले ५ हजार र सान्त्वना हुने समुहले ३ हजार साथमा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा करिव १३ समुहको सहभागिता रहने अनुमान गरिएको छ । समुहमा बढिमा १० जना सहभागी हुन सक्नेछन् ।
हराउदै गएको मौलिक तीजगीतको संरक्षण गर्न उद्देश्यले जिल्लाव्यापी खुला तीजगीत प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष गौतमले बताए । संघले २०७४ र २०७५ सालमा तनहुँ लोक आवाज कार्यक्रम गरेको थियो भने विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस