• बिहीबार ५-२७-२०८१/Thursday 09-12-2024
  • 06:39:34
  • ON AIR Lok Chautari
  • UP NEXTShuklagandaki Samachar

दुलेगौंडाका भेटेरिनरी, दाना, बिज भण्डारको अनुगमन, दर्ता नभएकालाई जरिवना

दुलेगौंडा, १९ साउन । शुक्लागण्डकी नगरपालिकाले वडा नं। ४ स्थित दुलेगौंडामा रहेका भेटेरिनरी, बिज भण्डारको अनुगमन गरेको छ । शुक्रवार अनगुमनका क्रममा नगरमा दर्ता नभएका दाना पसल र एग्रोभेटलाई ५÷५ हजार रुपैया जरिवना गरिएको नगरले जनाएको छ ।

राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीको नेतृत्वमा गरिएको अनुगमनमा म्याद नाघेका औषधी, विषादी, विउविजन र फिड सप्लिमेन्ट जफत गरिएको छ । सुवेदीका अनुसार दुलेगौंडा भेटेरिनरीबाट करिव ५ बोरा त्यस्ता सामग्री जफत गरिएको छ । उनले नगरमा दर्ता नगरी सञ्चालनमा आएका भण्डारी एग्रोभेट एण्ड पेट सप र ढोरबाराही दाना पसललाई न्यूनतम ५÷५ हजार रुर्पैया जरिवना गरिएको जानकारी दिए ।

पशु विकास शाखा प्रमुख डा.अनुप श्रेष्ठले भेटेरिनरी व्यवसायसँग सम्बन्धित लिखित गुनासो आएपछि आकस्मिक रुपमा अनुगमन गरिएको उल्लेख गरे । उनले म्याद नाघेका यस्ता बस्तु विक्रि वितरण भएमा मानव र पशु स्वास्थ्य, वातावरण मा समेत गम्भिर असर पर्ने बताए । म्याद नाघेका विउविजन किसानले खरिद गर्दा उम्रने सम्भावना हुदैन । नगरपालिका राजश्व शाखा प्रमुख सुवेदीले दर्ता नगरेका अन्य व्यवसायलाई तुरुन्त नगरमा दर्ता गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस