पन्तको ‘गुड लायो डाङ्ग्रेले’ गीत सार्वजनिक
दुलेगौंडा, १७ साउन । गायक शंकर पन्तको ‘गुड लायो डाङ्ग्रेले, उडायो पांग्रेले’ गीत सार्वजनिक भएको छ । बिहीबार पन्तले आफ्नै युटव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा पन्तको शब्द, लय र आवाज रहेको छ भने गायक राजु ढकाल पनि उक्त गीतमा आवाज दिएका छन् ।
होम गुरुङको निर्देशन तयार पारिएको म्युजिक भिडियोमा हरि खरेल मुख्य भूमिकामा देखा परेका छन् । यसै गरी उक्त भिडियोमा दिपक अधिकारी र कामना पोख्रेलको पनि अभिनय देख्न सकिन्छ । पन्तले यो गीतमार्फत आजकालका युवा पुस्तामा देखिने अपरिपक्क प्रेम सम्बन्धमाथि व्याङ्ग्य प्रहार गरेका छन् ।
प्रतिकृया दिनुहोस