कालिका बहुमखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण
दुलेगौंडा, १६ साउन । कालिका बहुमुखी क्याम्पस पोखरामा राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत शैक्षिक सत्र २०८१÷०८२ मा कक्षा ११ विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागतसँगै अभिमुखिकरण गरिएको छ ।
मंगलवार क्याम्पस प्रमुख बिरन्जी गौतमले यस क्षेत्रको उत्कुष्ट क्याम्पसको सदस्य बन्न सफल भएकोमा सम्पूर्ण नव–आगन्तुक विद्यार्थीहरु बहिनीहरुलाई हार्दिक बधाई दिदै, क्याम्पस स्थापनाकाल देखि हालसम्म भएका उपलब्धीहरु, क्याम्पसको भिजन, मिसन, लक्ष्यका साथै विद्यार्थीहरुले क्याम्पस प्रति गर्नु पर्ने दायित्व र क्याम्पसको आचार सहिताका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
निवर्तमान क्याम्पस प्रमुख रवीन्द्र्रनाथ बास्तोलाले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरी उच्च शिक्षा हासील गर्नबाट कोहि पनि बञ्चित नहोस् र अध्ययनका लागि अन्यत्र जान नपर्ने गरी क्याम्पसले विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण आधारभुत कुराहरुको व्यवस्था मिलाइएको बताए । उनले कालिका क्याम्पसमा अध्ययन पुरा गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा क्रियाशिल भई सफलता हासिल गरेको जानकारी दिए ।
कक्षा १२ विज्ञान विषय लिएर अध्ययनरत विद्यार्थी आकृती ढकालले आफु यस क्याम्पसमा छनौट भई अध्ययन गर्न पाउँदा आफुलाई भाग्यमानी भएको बताइन । विज्ञान विषयमा अध्यापन गराउन गुरुहरु आफ्ना प्रेरणको स्रोत बनेको भन्दै क्याम्पसका ल्यावहरु, अतिरिक्त क्र्रियाकलापहरु, शौचालय, सेनेटरी प्याड मेशिन, शुद्ध खाने पानीको व्यवस्था उत्कुष्ट रहेको उल्लेख गरिन । त्यसै गरी व्यवस्थापन संङ्कयका विधार्थी मिनाक्षी वि. क ले कक्षा कोठामा अध्ययनका साथ साथै त्यससँग सम्बन्धित विभिन्न व्यवहारिक र प्रयोगात्मक ज्ञान प्रदान गरेको हुदाँ आफुले सैद्धान्तिक ज्ञानका साथै शिपको पनि विकास भएको बताए ।
कार्यक्रममा व्यवस्थापन सङ्कायका विभागीय प्रमुख सन्तोषमणी लामिछानेले आफु यहि क्याम्पसमा अध्ययन गरी आज यो अवस्थामा आई पुगेको विचार व्यक्त गरे । उप–प्राध्यापक साम्राज्ञी थापाले सामुदायिक क्याम्पस भइकन पनि अति उत्कृष्ट वाताबरण निर्माण भएकोमा खुसी व्यक्त गरे । सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सीनाको अध्यक्षातामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्गले गरेका थिए ।
प्रतिकृया दिनुहोस