लायन्स क्लवहरुको संयुक्त पदस्थापना
दुलेगौंडा, १६ साउन । क्लष्टर ३, रिजन १० र जोन १९ र २० अन्तर्गत रहेका लायन्स क्लवहरुको संयुक्त पदस्थापना कार्यक्रम सोमवार दुलेगौंडामा सम्पन्न भएको छ ।
लायन्स क्लव अफ भिमाद ग्रिन सिटी वर्ष २०२३÷०२४ का अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन शत्रमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले आफूपनि लायन्सबाटै नेतृत्व गर्न सिक्दै सामाजिक क्षेत्रमा लागेको बताउदै लायन्स हरेक नागरिकको दुःख सुखको साथी बनेको उल्लेख गरे । कार्यक्रममा डिष्ट्रिक ३२५ एम का गभर्नर चण्डि प्रसाद अर्याल, डिष्ट्रिक चिफ एडभाइजर किशोर बराल, डिष्ट्रिक सिनीयर काउन्सीलर मोती प्रसाद पौडेल, डिष्ट्रिक डिपार्टमेन्ट हेड दुर्गा कुमार श्रेष्ठ, लियो जिल्ला अध्यक्ष प्रेम तिवारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संयोजक क्लष्टर ३ का चिफ यादव पोख्रेलले स्वागत, सह–संयोजक जोन २० का चेयर पर्सन शिव पौडेलले धन्यवाद र सञ्चालन रिजन १० का चेयर पर्सन सुमन सापकोटाले गरेका थिए ।
सो अवसरमा वर्ष २०२४÷०२५ का अध्यक्षहरुले वार्षिक कार्ययोजना पेश गरेका थिए । लायक्स क्लव अफ शुक्लागण्डकीका अध्यक्ष विजय कुमार अर्याल, लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष ठान प्रकाश न्यौपाने, लायन्स क्लव अफ भिमाद ग्रिन सिटीका अध्यक्ष रेनु थापा, लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनका अध्यक्ष देवीभक्त राना, लायन्स क्लव अफ भिमााद ग्रिन भ्यालीका अध्यक्ष वशन्त ठकुरी र लायन्स क्लव अफ बेलचौतारा टाउनका अध्यक्ष सकुन्तला श्रेष्ठले आफ्ना वार्षिक कार्यक्रम पेश गरेका थिए । साथै वर्ष २०२३÷०२४ का अध्यक्षहरुले आफ्नो अनुभव सुनाउनुका साथै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
प्रतिकृया दिनुहोस