श्रीकृष्णजन्माष्टमीमा लामेआहलमा भजन चुड्का प्रतियोगिता हुने
दुलेगौंडा, १२ साउन । शुक्लागण्डकी नगरपालिकाको छिमेकी पालिका कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालमा नवौ श्रीकृष्णजन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगिता तथा झाकी प्रदर्शन हुने भएको छ ।
राधाकृष्ण साँस्कृतिक समुहको आयोजनामा आगामी भदौ १० गते पोखरा–३२ स्थित श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम अन्तर्गत राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय र वृद्धाश्रम परिसरमा हुने शनिवार आयोजित पत्रकार एवम् अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार, द्धितीयले ४० हजार, तृतियले ३० हजार, सान्त्वनाले २० हजार र प्रमाण पत्र प्राप्त गर्ने समुहका अध्यक्ष सञ्जय ढकालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ, स्याङजाका, पर्वत साथै विभिन्न जिल्लाबाट सहभागी हुने छन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा भजन भुड्का संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष भुलाप्रसाद भण्डारी, राधाकृष्ण वृद्धाश्रमका सह–अध्यक्ष गणेशबहादुर केसी, तल्लो गगनगौडा खानेपानी उपभोक्त समितिका कोषाध्यक्ष विमला कुमारी थापा बस्नेत, आमा समुहकी अध्यक्ष विमल थापा, समूहका सहसचिव भरत थापा लगायतले बोलेका थिए । सो अवसरमा सहभागीले कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सुझावहरु दिएका थिए ।
प्रतिकृया दिनुहोस