बुद्धको प्रतिमा निर्माणकोलागि गुरुङको एक लाख बढि सहयोग
दुलेगौंडा, ७ असार । गुरु पुर्णिामाको अवसरमा आइतवार बौद्ध शान्ति सदन शुक्लागण्डकी–४ पुल्चोकमा बिशेष पुजा आयोजना गरिएको छ ।
गुरु पूर्णिमाका साथै जन्मदिनको अवसर पारि गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले बुद्धको प्रतिमा निर्माणकोलागि एक लाख बढि सहयोग गरेका छन् । एकता समाजका सचिव अमरराज थापालाई १ लाख ३ हजार ३ सय ३३ रुपैयाको चेक प्रद ान गरेका हुन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को पर्यटकीयस्थल एक्लेडाडाँमा बुद्धको प्रतिमा बनाउन यसअघि समाज र वडा कार्यालयबीच सम्झौता भएको छ । २९ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्ने उदेश्यले आर्थिक संकलनको अभियान थालिएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष समेत रहेका गुरुङले बुद्धको प्रतिमा निर्माणकोलागि सहयोगको प्रतिवद्धता आएको बताउदै आफैबाट थोरै भएपनि सहयोगकको शुरुवात गरेको उल्लेख गरे । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, सदनका अध्यक्ष सुर्य बहादुर थापा लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस