दुलेगौंडामा लायन्सको रक्तदानमा ३ सय १३ युनिट रगत संकलन
दुलेगौंडा, ४ असार । लायन्स क्लव अफ शुक्लागण्डकीको आयोजनामा दुलेगौंडामा शुक्रवार सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ३ सय १३ युनिट रगत संकलन भएको छ ।
शुक्रवार रक्तदाताको उत्साहले लायन्सले आयोजना गर्ने रक्तदान कार्यक्रममा शुक्लागण्डकी सबै भन्दा धेरै रगत संकलन गर्ने क्लव बनेको अध्यक्ष विजय कुमार अर्यालले जानकारी दिए । क्लवले गत वर्ष साउनमा आयोजना गरेको रक्तदान कार्यक्रमममा २ सय २२ युनिट संकलन भएको थियो । विद्यार्थी र पहिलो पटक सहभागी हुने रक्तदाताको सहभागिताका कारण गत वर्षको रेकर्डलाई तोड्दै यस पटक सो युनिट संकलन गर्न सफल भएको अर्यालले बताए । कार्यक्रम संयोजक सुमन सापकोटाले सहभागी सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा यस्तै सहयोगको अपेक्षा गरे ।
यसअघि कार्यक्रममाको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रत्येक तीन महिनाले शरिरमा नयाँ रगत उत्पादन भइरहने भएकाले खेर जाने रगत अरु विरामीको जीवन बचाउन सहयोग पुग्ने भएकाले रक्तदान गर्नु ठुलो पुण्य हुने उल्लेख गरे । सो अवसरमा क्ल्वका ब्लड टिपार्टमेन्ट काउनसीलर विष्णु सुवेदी, सिनीयर काउन्सीलर मोती प्रसाद पौडेल, लायन्स क्लव अफ शुक्लागण्डकीका संस्थापक अध्यक्ष तिर्थराज खनाल, क्लव सचिव देवेन्द्र ढुंगाना लगायतले बोलेका थिए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
प्रतिकृया दिनुहोस