• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
  • 08:51:19
  • ON AIR Rotary Saichik Bahas
  • UP NEXTNepal Khabar

३ महिने सिलाई र मोबाइल बनाउने तालिम सम्पन्न

दुलेगौडा, ११ साउन । एसिया टेक्निकल ट्रेनिङ इन्स्टिच्यूट प्रालिको आयोजनामा खैरेनीटारमा ३ महिने सिलाई कटाई र मोबाइल रिपेयरिङ तालिम सम्पन्न भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय, इभेन्ट परियोजनाको सहयोग र शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को समन्वयमा सो कार्यक्रम भएको हो । 
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नंं. ६ का अध्यक्ष कृष्ण बहादुर पौडेल र ७ का अध्यक्ष राम बहादुर क्षेत्री थापाले सिकेका सिपलाई व्यवहारिक रुपमा उपयोग गरि व्यवसायीक बन्न आग्रह गरे । 
एसिया टेक्निकल ट्रेनिङ इन्स्टिच्यूट प्रालिका प्रोपाइटर विजयराज वाग्लेका अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का सदस्य शुशिला कुमाल, सहभागिकोतर्फबाट सविता भण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य बुद्धि बहादुर थापाले गरेका थिए । तालिममा सिालाई र मोबाइलमा ४०÷४० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । गत वर्ष करिव १ हजार २ सय व्यक्तिलाई विभिन्न सिपयुक्त तालिम प्रदान गरिएको एसिया टेक्निकल ट्रेनिङ इन्स्टिच्यूट प्रालिका प्रोपाइटर विजयराज वाग्लले बताए । 
 

प्रतिकृया दिनुहोस