• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 06:24:57
  • ON AIR Anjana Swostha Jivan
  • UP NEXTShuklagandaki Samachar

खैरेनी माविको स्वर्ण महोत्सव आज समापन हुदै

तस्विरः कमलमोहन घिमिरे ।

दुलेगौंडा, ४  माघ । तनहुँको शुक्लागण्डकी– ६ खैरेनीटारस्थित खैरेनी माध्यमिक बिद्यालयले स्वर्ण महोत्सवको आज समापन हुदै छ । वि.स. २०४७ सालका एसएलसी व्याजका पूर्व विद्यार्थीद्धारा निर्मित स्वर्णद्धार आज विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । करिव ९ लाख रुपैयाको लागतमा सो स्वर्णद्धार निर्माण गरिएको पूर्व विद्यार्थी कमलमोहन घिमिरले जानकारी दिए ।  कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सहभागि हुने कार्यक्रम रहेको प्रधानध्यापक केशवराज घिमिरेले जानकारी दिए ।


यसअघि स्वर्ण महोत्सवको दोस्रो दिन  बिहीबार  पूर्व विद्यार्थीबिच पुर्नमिलन र सांगीतिक कार्यक्रम सम्पन्न भयो । सो अवसरमा सांसद केदार सिग्देलले सामुदायिक विद्यालयमा समय सुहाउदो शिक्षाको खाँचो औल्याए । 


स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ४० जनाले परिक्षण गरेका छन् । शुक्लागण्डकी, भिमाद र म्याग्दे गाउँपालिकाका विभिन्न क्षेत्रबाट स्वास्थ्य परिक्षण गर्न आएका थिए ।   


कालिमा स्वास्थ्य क्लिनिक प्रालीको प्राविधिक सहयोगमा शिविर भएको हो । मेडिकल अफिसर टिकाराम पौडेल नेतृत्वको ५ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरिएको शिविरमा करिब ६० हजार बराबरको निशुल्क औषधी वितरण गरिएको बताइएको छ । 


बुधवारै विद्यार्थीहरुले खैरेनीटार बजारमा प्रभातफेरी निकालेका थिए । विद्यालयले नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ सम्पन्न गरेको छ । कक्षा ६ देखी ८ सम्म अध्यनरत विद्यार्थीको समुहबिच भएको प्रतियोगितामा खैरेनी माविको समुह ‘ख’ प्रथम, समुह ‘क’ द्धितीय र जनकल्याण मावि बेलचौताराको समुह तृतीय भयो । 
प्रथम, द्धित्तिय र तृतिय हुने समुहलाई प्रमाणपत्रसहित क्रमश ः पाँच हजार, तिन हजार र दुई हजार रुपैयाँ प्रदान गरिएको विद्यालयका प्रधानध्यापक केशवराज घिमिरेले जानकारी दिए । नगरभित्रका ९ वटा विद्यालयका १० समुहको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस