• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 01:09:10
  • ON AIR
  • UP NEXTBhakti Darshan

पञ्चुनिदेव माविलाई कम्प्युटर र ल्यापटप प्रदान

दुलेगौंडा, २४ पुष । विद्यार्थीलाई कम्प्युटर अध्ययनमा सहयोग पु¥याउने उदेश्यले शुक्लागण्डकी नगरपालिका वडा नं. ४ र रोटरी क्लव अफ शुक्लागण्डकीले विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । 


दुलेगौंडामा रहेको पञ्चमुनिदेव माविलाई आइतवार १८ थान कम्प्युटर प्रदान गरिएको हो । रोटरीले ५ र वडाले १३ वटा कम्प्युटर र १ ल्यापटप प्रदान गरेको हो । सो अवसरमा बोल्दै शुक्लागण्डकी–४ का अध्यक्ष शिव कुमार श्रेष्ठले आवश्यकता अनुसार विद्यालयलाई सहयोग गर्दै जाने बताए । ‘अहिलेको युग विज्ञान र प्राविधिको हो उनले भने, ‘कम्प्युटरसँगै नयाँ प्राविधिले विद्यार्थीको सिकाई प्रभावकारी बनाउछ ।’


विद्यालयका प्रधानाध्यापक ध्रुव कुमार मल्लले सहयोग हातलाई धन्यावाद दिदै प्राप्त सामग्रीको उपोग गर्ने प्रतिवद्धता जनाए । रोटरी क्लव अफ शुक्लागण्डकीका अध्यक्ष त्रिलोचन लम्सालले विद्यार्थीलाई कम्प्युटर शिक्षामा सहयोग गर्ने हेतुले प्रदान गरिएको जानकारी दिए  ।  क्लव सचिव हरिप्रसाद लामिछानेले शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्धन लगायतका क्षेत्रमा विभिन्न कार्य गरिरहरको बताए । वडाले ३ लाख रुपैया र क्लवले १ लाख २५ हजार रुपैयाको कम्प्युटर प्रदान गरिएको विद्यालयले जनाएको छ । 


यस क्षेत्रकै उत्कृष्ट सामुदायिक सो विद्यालयमा हाल कक्षा १२ सम्म करिव २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ९ देखि १२ सम्म भेटनरी शिक्षा सञ्चालन भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस