• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 06:34:33
  • ON AIR Lok Chautari
  • UP NEXTShuklagandaki Samachar

राइपुरको बिसौना टोल विकास संस्था म चिन्दिनः वडाध्यक्ष थापा

दुलेगौंडा, २३ पुष । शुक्लागण्डकी–११ का अध्यक्ष दल बहादुर थापाले  बिसौना टोल विकास संस्थालाई आफूले नचिन्ने बताएका छन् । 


एक वर्षअघि नगरपालिकामा दर्ता गरिएको सो टोल  विकास संस्थालाई आफूले दर्ताको लागि सिफारिसनै नदिएको उनले प्रष्ट पारेका छन् । आइतवार शुक्लागण्डकी एफ.एम.सँग कुराकानी गर्दै उनले वडाध्यक्षको सिफारिस नै नभई कसरी नगरपालिकामा दर्ता भयो भनि प्रश्न गरे । ‘मैले आम भेला गरी सबैको राय लिएर विवादलाई टुङ्ग्याउ भनेको थिए,’ उनले भने, तर उहाँहरु मान्नुभएन ।’  


संस्थाका संस्थापक अध्यक्ष जीवन पोख्रेलले केहिदिन अघि दुलेगौंडामा पत्रकार सम्मेलन गरि विधिवत रुपमा नगरपालिकामा दर्ता भएको टोललाई वडाले मान्यता नदिएको बताएका थिए । 
 

प्रतिकृया दिनुहोस