• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 12:33:06
  • ON AIR Your Choice
  • UP NEXTSangit Darpan

राइपुरको बिसौना टोललाई अन्याय भयोः पोख्रेल

दुलेगौंडा, २२ पुष । बिसौना टोल विकास संस्था शुक्लागण्डकी–११, राईपुरले वडा कार्यालयले आफ्नो टोललाई अन्याय गरेको बताएको छ । 


संस्थाका संस्थापक अध्यक्ष जीवन पोख्रेलले आज दुलेगौंडामा पत्रकार सम्मेलन गरि विधिवत रुपमा नगरपालिकामा दर्ता भएको टोललाई वडाबाट प्राप्त हुने बजेटबाट बश्चित भएको बताए । उनले ३५ वटा घरधुरी मिलेर बनेको टोललाई मान्यता नदिई १० वटा टोलबाट बनेको टोललाई वडाले मान्यता दिएको दाबी गर्दै न्यायको लागि आग्रह गरे । 
पत्रकार सम्मेलनमा टोलका उपाध्यक्ष लोक बहादुर शाही,  सचिव गोपाल बहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस