• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 12:08:13
  • ON AIR
  • UP NEXTBhakti Darshan

क्रसरको पानी सिधै मिसाए बन्द गर्ने शुक्लागण्डकी नगरपालिकाको चेतावनी

दुलेगौँडा, २२ पुस । नगर क्षेत्रमा सेती नदिमा भएको प्रदुषणप्रति शुक्लागण्डकी नगरपालिकाले चासो दिएको छ । निर्वाचन भएर कार्यभार सम्हालेको करिव २ वर्षपछि कार्यपालिका बैठकले चासो दिएको हो ।


नगर कार्यपालिकाको पुष ५ गतेको बैठकले नगर भित्र सञ्चालनमा रहेका उद्योगहरुबाट निस्कने फोहोर पानी सिधै नदिमा पठाउदा प्रदुषण भएकाले पानी शुद्धिकरण गर्न १५ दिने अल्टिमेटम दिएको विज्ञप्तीमा उल्लेख छ । कार्यान्वयन नगरेमा उद्योग बन्द गर्ने चेतावनी समेत दिइएको छ । 


यस क्षेत्रमा रहेका करिव १ दर्जन क्रसर व्यवसायका कारण सेती नदि प्रदुषण हुने गरेको छ । कास्की र तनहुँको सिमानामा अवस्थित यस क्षेत्रमा सञ्चालित उद्योगले सफा गरेको ढुंगा, गिटी लगायत निर्माण सामग्रीको लेदोले सेतीको स्वरुप नै कुरुप बनाएको स्थानीयको भनाई छ  । कोत्रे भन्दा माथिल्लो क्षेत्रमा पानी सङ्लो भएपनि उद्योगबाट निस्किएका धमिलो पानीले सेतीलाई दिनभर धमिलो बनाउने गरेको छ । सो क्षेत्रमा केहि दिन अघि नगर प्रमुख किसान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासीनी, प्रवक्ता खिम बहादुर कुमाल लगायतले अनुगमन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस