• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 05:37:43
  • ON AIR Bal Prativa
  • UP NEXTNepal Khabar

भानुमतिमा भएको स्वास्थ्य शिविरमा ४ सय ५२ लाभान्वित

दुलेगौँडा, ८ पुष । अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले आयोजना गरेको २ दिने निशुल्क स्वास्थ्य शिविरमा ४ सय ५२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।


तनहुँको भिमाद–९ भानुमतीमा रहेका बाख्रापालक कृषक मिलेर स्थापना गरेको सो सहकारीले स्थानीयहरुको स्वास्थ्यलाई मध्यनजगर गर्दै शुक्रवार र शनिवार शिविर सञ्चालन गरेको हो । शिविरमा काठमाडौं मोडेल हस्पिटलका फिजिसियन डाक्टर फिलिम तामाङ, मेडिडेन्ट डेन्टल केयर सेन्टर काठमाडौंका डेन्टिस्ट ओम रानासँगै आएका ६ जनाको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए । 


शिविरमा जनरल फिजिसियन सेवा, स्त्रीरोग सेवा, दन्त सेवा, नाक कान घाँटीरोग लगायतका सेवाहरु प्राप्त गरेको वडाअध्यक्ष इमान बहादुर थापाले बताए । सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनको भनाई छ । उनले भने ‘धेरै जना सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । उनिहरुलाई शिविरले सहयोग पुप्याएको छ ।’


मेडिडेन्ट डेन्टल केयर सेन्टर काठमाडौंको प्राविधिक सहयोगमा भएको शिविरमा न्यु होप लिवार्डले निशुल्क औषधि उपलब्ध गराएको थियो । रिबेका र पुर्नीले जस्तै पाथर्दी, कटनछाप, चारघरे, बुचा, अस्पाक्दी, सखेप, भाटडाँडा, पाइमे, मोहोरिया, जौपानी र छिमकी जिल्ला स्याङजाको चित्रेभञ्जयाङ, राम्चे लगायतका क्षेत्रका स्थानियले स्वास्थ्य लाभ लिएको सहकारीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस