• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 02:01:51
  • ON AIR
  • UP NEXTBhakti Darshan

मेलिना र राजनको ‘पान खायो मायाले’ ट्रेन्डिङमा

दुलेगौँडा(तनहुँ), पुस ६ ।  चर्चित गायिका मेलिना राई र लोकदोहोरी गायक राजन कार्कीको स्वरमा ‘पान खायो मायाले’ बजारमा आएको छ । बिहीबार साँझ युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । 
सार्वजनिक गीतले २४ घण्टामै दर्शक श्रोताको उल्लेख्निय माया बटुलेको छ । समाचार तयार पार्दासम्म गीत युट्युबको ट्रेन्डिङ ४४ मा परेको छ । भिडियोमा झन्डै ८३ हजार दर्शकको नजर परेको छ । 
गोरखा चौतारी म्युजिकले बजारमा ल्याएको गीतको शब्द शर्मिला तामाङले लेखेकी हुन् भने लय सागर लामाले तयार पारेका छन् । 


शंकर बिसीद्धारा निर्देशित भिडियोमा शंकरलाई अञ्जली अधिकारीले नृत्यमा साथ दिएकी छन् । दुर्गा पौडेलको छायांकन र  नविन घर्ती मगरको सम्पादनमा भिडियो तयार भएको हो । 
गायक कार्की पोखरामै रहेर पनि लोकसंगीतमा सफल हुनेमध्येका एक हुन् ।  उनले एकदशक निरन्तर लोकसंगीतमा विताएका छन् । आफ्नो सांगीतिक यात्रामा ‘पान खायो मायाले’ टर्निङ प्वाइन्ट बन्ने अपेक्षा रहेको उनले सुनाए । ‘एक दिनको अवधीमा पाएको प्रतिकृयाले हौसाला थपेको छ’, उनले भने । गीतलाई उत्कृष्ट बनाउन कन्जुस्याइ नगरेको दाबी  कार्कीको छ । 
गायिका राई आधुनिक र फिल्मका गीत बढी गाउने गर्छिन् । पछिल्लो समय छिटफुट लोकदोहोरी गीतमा स्वर दिन थालेकी छन् । 
 

प्रतिकृया दिनुहोस