• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 04:32:26
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकीमा पनि चिसो बढ्यो

दुलेगौंडा, २ पुष । शुक्लागण्डकीमा चिसो बढेको छ । देशभर तापक्रम कम भएसँगै यहाँ पनि चिसो ह्वात्तै बढेको हो । चिसो बढेपछि बजारमा चहलपहल कम भएको छ । टोलटोलमा आगो बालेर ताप्न थालेका छन् ।


सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।


सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ । पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस