• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
  • 01:24:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

मिलेनियम ट्रेकमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य

दुलेगौडा, २ पुष । तनहुँ र स्याङजामा पर्ने मिलेनियम ट्रेकमा सन् २०२० सम्म ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले दुलेगौंडामा शुक्रवार आयोजना गरेको परिचयात्मक कार्यक्रममा सो जानकारी दिइएको हो ।


मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले एनआरएन र स्थानीयवासी मिलेर यस क्षेत्रमा ४ वटा रिर्सोट स्थापना गर्न लागेको जानकारी दिए । ‘यहाँ १३ स्थानमा होमस्टे सञ्चालित छन् उनले भने, ‘होमस्टेलाई कुनै असर नगर्ने गरि रिर्सोट स्थापना गर्ने योजनामा छौं ।’ पर्यटकको आगमन वृद्धि भएसँगै उनीहरुलाई खान र बस्नको लागि रिर्सोट आवश्वक पर्ने उनको भनाई थियो ।


मिलेनियम ट्रेक व्यवस्थापन समितिका द्धितीय उपाध्यक्ष थमन आलेले स्थापना भएको १८ वर्षपछि मात्र पर्यटन वोर्डले पदयात्राको प्रचार र प्रवद्धनमा सहयोग गरेको जानकारी दिए । ‘हामी स्थपाना भएको यति धेरै वर्ष भइसक्यो,  हालसम्म राज्यले चासो नदिनु दुखद कुरा हो उनले भने, जति गरेका छौं सबै हामी स्थानीय मिलेर हो ।’ पदयात्राको वृहत गुरुयोजना सम्पन्न गर्न आर्थिक अभाव भएको उनले गुनासो गरे ।


नेपाल पर्यटन वोर्ड पोखराका लेखा प्रमुख गोपाल भण्डारीले ग्रामिण पर्यटनलाई जोड दिनुपर्ने बताए । ‘हामीले हाम्रो गाउँघरमा भएका चिजलाई बेच्ने हो उनले भने, ‘युरोपीयन मुलुकमा जस्तो विलासीता देखाएर पर्यटक आकर्षण गर्न सक्दैनौं ।’

शुक्लागण्डकीको गाछेपानीदेखि ७२ किलोमिटरको सो पदमार्ग स्याङजाको रामबाछा सम्म पुगेर टुङिगन्छ । १८ वर्ष अघि अवधारणा ल्याइएको सो ट्रेक तनहँुको पिउरीदोभान, साधी खोला, मिलिनियम गुफा, स्याङजाको कोल्मा, पेल्काचौर माझकोट मनकामना ६ दिनको पैदल यात्रामा पुग्न सकिन्छ । पर्यटन वोर्डको सहयोगमा सो क्षेत्रमा ४ दिने यात्रा सम्पन्न भएको छ । पद यात्रामा समितिका पदाधिकारी, पर्यटन वोर्डका प्रतिनीधी, ट्रेकिङ गाईड र पत्रकार लगायतको सहभागिता थियो ।

 

प्रतिकृया दिनुहोस