• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 08:32:09
  • ON AIR Different songs
  • UP NEXTBBC Nepali Sewa Saj Pakha

बेहोस बनाएर शुक्लागण्डकीमा वृद्धाको करिव ८ तोला सुन लटुपाट, वृद्धा अस्पतालमा भर्ना

दुलेगौडा, २९ मंसिर । बेहोस बनाएर बुधवार विहान शुक्लागण्डकीमा फेरि एक वृद्धाको करिव ८ तोला सुन लुटिएको छ । शुक्लागण्डकी–६ निवासी ५८ वर्षिय मिश्रीमाया थापालाई  २ जना व्यक्तिले एकान्तमा लगेर लगाएका गहना लुटेर भागेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज गिरीले जानकारी दिए ।


मिश्रीमायालाई पोखराको गण्डकी मेडिकल कलेजको आइसीयुमा उपचारपछि नर्मलमा सारिएको छ । ् । बेहोस बनाउन खान दिएको फ्रुटीले उनी परेकी हुन् । श्रीमाया शुनपा–६ का वडा सदस्य बुद्धि बहादुर थापाकी आमा हुन् ।


बुधवार विहान मोटरसाइकल वा स्कुटरमा आएका २ जना व्यक्तिले पोल्ट्री फार्म खोल्न जग्गा किन्नु छ भन्दै शुक्लागण्डकी–६ स्थित शान्तिटोल हुदै भुरुङ्गेडाँडाँ लगेको बताइएको छ । ‘शुरुमा चुरोट पिउनुहुन्छ भनेका थिए, खान्न भनेपछि फ्रुटी निकालेर दिए, आफूहरुले पनि खाए श्रीमायालाई उदृत गर्दै प्रहरी निरिक्षक गिरीले भने ‘मलाई सुगर छ भन्नुभयो, सुगर फ्रि छ भन्दै जवर्जस्ती खान लगाए, खाएपछि उहाँ बेहोस हुनुभयो ।’


बेहोस भएपछि शरिरमा लगाएका सबै गहना लुटेर उनीहरु भागेको बताइको छ । यो घट्ना विहान ९ः३० देखि १० बजेभित्र भएको प्रहरीले अनुमान गरेको छ । उनको बुधवारको तुलनामा स्वास्थ्यमा सुधार आएको उनका छोरा बुद्धि बहादुर थापाले बताए । उनका अनुसार गहना लुट्नका लागि एक हप्तादेखि तयार भइरहेको देखिन्छ । ‘केहि अपरिचित मान्छेहरु एक हप्तोखि घर वरपर घुमिरहेका थिए, केहि व्यक्ति शंकाको घेरामा पनि छन उनले भने, प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।’


यता प्रहरी निरिक्षक गिरीले वृद्धा आमाहरुलाई गहना लगाएर एकान्तमा नहिड्न आग्रह गरे । ‘कसैले कुनै प्रलोभनमा पार्न सक्छ, यस्तो भन्यो भने तुरुन्त हामीलाई वा आफन्तलाई खबर गर्नुहोस,’ उनले भने । घट्ना यस क्षेत्रमा भइरहेको बताउदै उनले घट्ना हुन नदिन स्थानीय पनि सजग हुनुपर्नेमा जोड दिए । यसअघि दुलेगौंडा, खैरेनीटार र म्याग्देको अकला देवि मन्दिरमा वृद्धाको गहना लुटिएको थियो ।   

 

प्रतिकृया दिनुहोस