• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
  • 03:43:26
  • ON AIR
  • UP NEXTBhakti Darshan

सहिद कृष्ण क्याम्पसमा पुनः महेश्वर

दुलेगौडा, २६ मंसिर । सहिद कृष्ण क्याम्पस शुक्लागण्डकी ८ गणपतिको नयाँ नेतृत्वमा दोस्रो कार्यकालका लागि पुनः महेश्वर भट्टराई निर्विरोध चयन भएका छन् । 


गत मंसिर २० गते गणपुरक संंख्या नपुगेपछि पुनः सोमवार भएको भेलाले भट्टराईको नेृतृत्वमा सर्वसम्मत ९ सदस्यीय सञ्चालक समिति चयन गरिएको क्याम्पस प्रमुख हरि प्रसाद लामिछानेले जानकारी दिए ।  समितिका सदस्यहरुमा कृष्ण प्रसाद भट्टराई, बुद्धिसागर लम्साल, ठाकुर प्रसाद पौडेल, लक्ष्मी मरासेनी, यामप्रसाद भट्टराई, दुर्गा बहादुर महत, राम बहादुर महत, लेख बहादुर शाही र ऋषिराम महत सर्वसम्मत चयन भए । 


क्याम्पसको सामाजिक परिक्षण संयोजकमा टंक प्रसाद पौडेल र सदस्यहरुमा कृष्ण प्रसाद लम्साल र तेजप्रसाद सिग्देल रहेका छन् । वि.स. २०७० सालमा सहिद कृष्ण प्रसाद पौडेलको सम्झनामा सो क्याम्पस स्थापना भएको हो । क्याम्पसमा व्यवस्थापन शंकायमा स्नातक तहमा अध्यापन भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस