• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 01:26:13
  • ON AIR Fataurika Guf
  • UP NEXTShuklagandaki Samachar

‘ नेविसंघमा उमेरहद लागु गर्न हुदैन’

बैठकपछि सामुहिक तस्बिर खिचाउँदै जिल्ला अध्यक्षहरु

बिनोद  ढुंगाना
दुलेगौँडा(तनहुँ), मंसिर २१

नेपाली कांग्रेस निकट भातृ संगठन नेविसंघको १२ औँ महाधिवेशनमा ३२ वर्षे उमेरहद लागु नगर्न गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले माग गरेका छन् । बिहीवार तनहुँको ढोरबाराही मन्दिर परिसरमा बसेको जिल्ला अध्यक्षहरुको बैठकले विगतमा संगठनको सुढृणीकरणका लागी समर्पित ३२ बर्ष उमेर नाघेका अध्यक्षहरुको महाधिवेशनमा सहभागिता सुनिश्चिता गर्न नेतृत्व तहसँग आग्रह गरिएको छ । 


तनहुँ जिल्ला अध्यक्ष चुडामणि खनालले बैठकले गरेको निर्णयबारे जानकारी दिदै भने, ‘पार्टीले गरेको उमेरहद सम्बन्धिको निर्णय स्वागतयोग्य छ । तर यसपालिको महाधिवेशनमा भने ३२ बर्ष नाघेका अध्यक्षहरुलाई  नेतृत्व चयन गर्न सहभागी हुन दिनुपर्छ । ’   


‘पार्टीको विद्यान साघुरो बनाईएको छ । नेविसंघ विद्यार्थीहरुको संगठन हो । केन्द्रको महाधिवेशनमा स्ववियु निर्वाचन हुने क्याम्पसको इकाइ सभापतिलाई पनि पदेन महाधिवेशन प्रतिनिधी नबनाइनु आपत्तिजनक छ’, खनालले भने, ‘यसो हुनु हुदैन । केन्द्रिय महाधिवेशनमा  इकाई सभापतिहरु  पनि सहभागी हुन पाउनुपर्दछ ।’ 
पार्टीभित्र नै महाधिवेशन हुन नदिने चलखेल भईरहेको भन्दै खनालले नेविसंघको महाधिवेशन कुनैपनि वाहानमा रोक्न नहुने बताए । ‘पार्टीको विधान चित्त बुझ्दो नभएपनि महाधिवेशनको विकल्प छैन्’, उनले भने, ‘जुनसुकै हालतमा महाधिवेशन गराउन आवश्यक छ ।’


पछिल्लो समय पार्टीभित्र अत्याधिक गुट उपगुट सिर्जना भएकाले गण्डकी प्रदेशमा भने नेविसंघको निर्वाचनमा एकमत भएर लाग्ने बैठकले निर्णय गरेको छ । प्रदेशका सबै जिल्लामा केन्द्रले तोकेकै समयमा अधिवेशन गर्न प्रतिबद्ध भएको नेविसंघले जनाएको छ ।   


पुसको २८, २९ र ३० गते नेविसंघको महाधिवेशन गर्ने तय भएको छ ।  नेविसंघले संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्म अधिवेशनका लागी मिति तोकेको छ । अधिवेशन गर्ने कार्यतालिका अनुसार मंसिर २२ गते मावि र सिटिइभिटीको अधिवेशन, मंसिर २५ गते स्थानीयतहको अधिवेशन,  पुस ८ गतेभित्र उपत्यकाका क्याम्पसको अधिवेशन, पुस २० गते सातै प्रदेश अधिवेशन गर्ने उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस