• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 06:52:55
  • ON AIR Anjana Swostha Jivan
  • UP NEXTShuklagandaki Samachar

लागु औषधसहित दुईजना प्रकाउ

प्रतिकात्मक तस्बिर

दुलेगौँडा(तनहुँ), मंसिर २०

तनहुँ प्रहरीले दुई जनालाई लागुऔषधसहित प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा एक महिला समेत छिन् । मंगलबार साँझ व्यास नगरपालिका –२ ट्राफिक चोकमा मोटरसाईकल चेकजाँचको क्रममा ऋषिङ गाउँपालिका–४ भिरकोटका २७ बर्षिय प्रकाश रानाभाट र म्याग्दे गाउँपालिका–१ गुणादीकी २१ बर्षिय रोशनी विकलाई प्रकाउ गरेको हो ।

तालघरेबाट दमौलीतर्फ ग ६ प ७४८१ नम्बरको मोटरसाइकलमा आएका उनिहरुको साथबाट डाइजेपाम ३० थान, नुर्फिन ३० थान र फेनारागन ३० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । रानाभाट र बिकलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा महिलाहरुको संग्लनता बढ्दै गएको प्रहरीको भनाई छ ।  

प्रतिकृया दिनुहोस