• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 03:13:20
  • ON AIR
  • UP NEXTBhakti Darshan

युवाहरुको प्रश्न : निर्मलाको न्यायका लागी सरकार किन चुक्दैछ ?

सरकारबिरुद्ध नारा लगाउदैँ युवाहरु । तस्बिर: बिनोद ढुंगाना

बिनोद ढुंगाना
दुलेगौँडा(तनहुँ), मंसिर २०


बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको न्यायको माग राख्दै यहाँका युवाहरु सडकमा उत्रिएका छन् । निर्मलाको हत्यारा पत्ता लगाएर कारबाहीको दायरमा ल्याउन सरकार चुकेको भन्दै आक्रोशित युवाहरुको समुह सडकमा उत्रिएको हो ।  


शुक्लागण्डकीका आम युवा समुहले बुधबार दुलेगौँडा बजारदेखी खैरेनीटारसम्म सरकारबिरुद्ध नाराबाजी गर्दै ¥याली निकाले । दुलेगौँडाको बिपिचोकबाट निस्किएको ¥याली खैरेनीटारस्थित श्री  नम्बर ३ बाहिनी अड्डामा पुगेर कोणसभामा परिणत भएको थियो । 


कोणसभामा बोल्दै पुर्णचन्द्र भट्टराईले जनताको मतबाट सरकारको नेतृत्व गर्न पुगेका नेताहरुले जनताकै आवाज दवाउन खोजेको आरोप लगाए । निर्मला पन्तको परिवार न्यायका लागी भौतारिदा सरकार लाचार बनेको उनको भनाई छ । ‘न्याय हराएको अवस्थामा न्याय खोज्न नेपालीबिच एकता आवश्यक छ’, उनले भने, ‘जबसम्म निर्मलाको हत्यारा पत्ता लगाएर परिवारलाई न्याय दिईदैन, तबसम्म सडक र सामाजिक सञ्जालबाट सरकार बिरुद्ध निरन्तर हामी युवाहरु लाग्छौ ।’


घटना भएको चार महिना बढी हुदाँ समेत दोषी पत्ता लगाएर कारबाही गर्न नसक्नुले सरकारले नै घटनालाई ढाकछोप गर्न खोजेको पुष्टि हुने ¥यालीमा सहभागी जिवन कोईरालाले बताए ।  पहुँचमा भएका व्यक्तिहरु नै घटनामा संग्लन भएको बेला वास्तविक हत्यारा पक्राउ पर्ने सम्भावाना कम भएको उनको भनाई छ ।   


देशव्यापी रुपमा घटिरहेका बलत्कार र हत्या नियन्त्रण गर्न सरकार असफल भएको भन्दै ¥यालीमा सहभागी युवाहरु आक्रोशित बनेका थिए । उनिहरुले सरकारबिरुद्ध चर्को नारा लगाएका थिए । प्लेकार्डसहित ¥यालीमा  हिँडेका युवाहरुले सरकार भेटियो, न्याय भेटिएन !, सरकार कहाँ चुक्दैछ ? बलत्कारी संग झुक्दैछ , बलत्कारी लुकाउन पाईदैंन, न्याय मार्न पाईदैन जस्ता नारा लगाएका थिए ।  


गत साउन १० गते मारिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको ११ गते उखुबारीमा शव भेटिएको थियो । त्यस यता बलत्कारी र हत्यारालाई कारबाहीको माग गर्दै देशभर प्रदर्शन भईरहेका छन् । घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरीले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट र एक इन्स्पेक्टरलाई सेवाबाट बर्खास्त गरेको छ । यद्यपि बलत्कारीलाई सार्वजनिक नगरेको र कार्वाही नगरेको भन्दै विरोध हुदैं आएको छ । 
 

प्रतिकृया दिनुहोस