• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 04:29:33
  • ON AIR
  • UP NEXTBhakti Darshan

दुलेगौंडा बजार सोमबारको सट्टा शनिवार बन्द हुने

दुलेगौंडा, १९ मंसिर । दुलेगौंडा बजार सोमबारको सट्टा शनिवार बन्द हुने भएको छ । सोमवार तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईको २३ औँ बार्षिक साधरणसभाले सो म्यान्डेट दिएको इकाई सभापति राजु वाग्लेले जानकारी दिए । 


‘साधारणसभाले हामीलाई शनिवार बन्द गर्न म्यान्डेट दिएको छ, सभापति वाग्लले भने, ‘अब बैठक बसेर यसलाई कार्यान्वयन गर्नेछौं ।’ उनले मंसिरको अन्तिम शनिवारबाट कार्यान्वयन हुन सक्ने जानकारी दिए । ‘हामी इकाइको महोत्सवमा पनि तयारीमा जुटेका छौं, केहि साथिहरु बाहिर हुनुहुन्छ’ उनले अगाडी थपे, बैठक बस्नासाथ निर्णय गरी अघि बढ्नेछौं ।’ 
इकाईका जिल्ला प्रतिनधी पूर्ण कुमार श्रेष्ठले ग्राहक र व्यवसायी दुबैलाई सहजताको लागि शनिवार बन्द गर्ने विषयमा छलफल भई पारित भएको बताए । ‘सोमवार बन्द हुदा हामीलाई हप्ताको २ दिन बन्द भएजस्तो भयो, उनले भने, ‘शनिवार पसल खुल्ला राख्दा, सरकारी कार्यालय, बैंक, शैक्षिक संस्थाहरु समेत बन्द हुन्छ, चहलपहल कम हुन्छ ।’ उनले शनिवार बजार सुचारु गर्दा व्यवसायी र उपभोक्ता दुबैलाई सहज हुने विषयमा साधारणसभामा छलफल भएको जानकारी दिए । यसअघि पनि साधारणसभामा शनिवार बन्द गर्ने विषयमा सामान्य कुरा उठेपनि पारित भने हुन सकेको थिएन । 


तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईका संस्थापक सभापति वशन्त ज्वारचनको पालामा सोमवार बजार बन्दको अवधारणा ल्याइएको हो । ‘वि.स. २०५८ सालमा शुरु भयो, केहि महिना व्यवसायीसाथीहरुको अन्तरदन्द्धले रोकियो उनले भने, त्यसपछि अहिलेसम्म निरन्तर सोमवार बन्द हुदै आएको हो ।’ इकाईमा हाल ६ सय व्यवसायी दर्ता छन  । यस क्षेत्रमा करिव १ हजार व्यवसायीहरु छन् । 
 

प्रतिकृया दिनुहोस