• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
  • 05:07:22
  • ON AIR Shuklagandaki Samachar (Local)
  • UP NEXTShuklagandakiko Sarokar (re-caste)

दुलेगौंडामा स्टेसन

दुलेगौंडा, १८ मंसिर । पोखरामा खाजाको लागि चर्चा कमाएको स्टेसन शुक्लागण्डकी–४ दुलेगौंडामा पनि सञ्चालनमा आएको छ । ‘स्टेसन द फुड क्लव एण्ड ससेज पार्क’ भन्ने नाराका साथ स्थापित रेष्टुरेण्टको मंगलवार एक कार्यक्रमकाबीच पूर्व सभाषद राजु थापाले उद्घाटन गरे ।


आलु र ससेजमा नाम कमाएको स्टेसनले यस क्षेत्रमा पनि ग्राहको मन जित्ने विश्वास गरिएको छ । युवा व्यवसायी अमृत थापाले १५ लाख रुपैयाको लगानीमा रेष्टुरेण्ट सञ्चालन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व सभाषद थापाले लगनशिल भएर काम गरे सफल भइने बताए । ‘हिजोआज युवाहरु रोजगार खोज्दै विदेश जाने गरेका छन्’ उनले भने, ‘स्वदेशमै केहि गरौं भनेर शुरुवात गर्नुभएको छ, गुणस्तर र स्वादमा ध्यान दिनुहोस, सफल हुन्छ ।’ 


रेष्टुरेण्टमा ५ जनाले रोजगार पाएका छन् । व्यवसायी अमृत थापाले दुलेगौंडामा खाजाको लागि फरक स्वाद दिलाउन रेष्टुरेष्ट सञ्चालन गरेको जानकरी दिए । उनले पारिवारिक वातावरणमा खाजाका परिकारका स्वाद लिन पाइने उल्लेख गरे ।  

प्रतिकृया दिनुहोस