• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 03:04:01
  • ON AIR Nepal Khabar
  • UP NEXTFilmy Parda

शुक्लागण्डकी ११ मा पहिलो फूटबल मैदान बन्ने

खेलमैदान बन्ने स्थान ।

दुलेगौंडा, १६ मंसिर । शुक्लागण्डकी नगरपालिका वडा नं. ११ मा  पहिलो फूटबल मैदान बन्ने भएको छ । शनिवार बसेको थामडाँडाँ बडहरे टोल विकास संस्थाको बैठकले बृहस्पती लम्सालको संयोजकत्वमा १३ सदस्यीय गार्मिचौर फुटबल मैदान उपभोक्ता तथा निर्माण समिति गठन गरेको छ । 


सो मैदानका लागि स्थानीयहरुले ५ लाख रुपैया संकलन गरिसकेका छन् । अपुग रकमको लागि वडा र नगपालिकासँग पहल गरिने संयोजक लम्सालले बताए ।  मैदान निर्माणका लागि करिव १० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । निर्माण कार्य पुष अन्तिम साताबाट शुरु हुने बताइएको छ । थामडाँडाँ बडहरे टोल विकास संस्थाका अध्यक्ष हेमचन्द्र लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
 

प्रतिकृया दिनुहोस