• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 11:58:53
  • ON AIR
  • UP NEXT

दुलेगौंडामा स्कुटर दुर्घटनामा १ को मृत्यु, १ गम्भिर

तस्विरः त्रिलोचन लम्सालको फेसबुकबाट ।

दुलेगौंडा, १६ मंसिर । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा शनिवार राती माइक्रो र स्कुटर ठक्कर खादा १ जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा स्कुटरमा रहेका भिमाद–६ निवासी ३० वर्षिय शिव थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज गिरीले जानकारी दिए । उनको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा सामान्य उपचारपछि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा सोहि ठाउँका करिव २७ वर्षका तिलक थापा गम्भिर घाइते भएका छन् । उनको फिस्टेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर कसले चलाएको हो भन्ने थाहा हुन सकेको छैन् । 


काठमाडौंबाट पोखरातर्फ आउदै गरेको बा २ ख ४७५४ नं. को सगुन यातायातको हायस र दुलेगौंडाबाट भिमादतर्फ जादै गरेको ग १४ प ३२२३ नं. को स्कुटर ठक्कर खाएको हो । माइक्रो  र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ  । 
 

प्रतिकृया दिनुहोस