• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 05:34:20
  • ON AIR Bal Prativa
  • UP NEXTNepal Khabar

मन्दिरालाई लोक आवाजको उपाधी

दुलेगौँडा, ६ मंसिर  । तनहुँ कलाकार संघको आयोजनामा भएको तनहुँ लोक आवाज सिजन दुईको उपाधी मन्दिरा थापाले जितेकी छिन् । 


फाइनलमा ११ प्रतिष्पर्धीलाई पछाडी पार्दै भिमादकी थापा विजेता बनेकी हुन् । उपाधीसँगै उनले नगद ३० हजार, प्रमाणपत्रको साथमा  विभिन्न गिफ्टह्याम्पर प्राप्त गरिन । प्रतियोगितामा घिरिङकी बोमाया थापा द्धितीय, भिमादका निशान सुनार तृतप्य र ऋषिङ्गकी शान्तीमाया थापा मगर सान्त्वना हुन सफल भए । उनीहरुले क्रमश ः १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्र पाएका छन् । 


सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यस प्रकारको प्रतियोगिताले स्थानीय क्षेत्रमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने बताए । गण्डकी प्रदेश कला र सँस्कृतीमा धनी रहेको उनको भनाई थियो । गत भाद्र १६ गते जिल्लाका विभिन्न विद्यालयहरुमा अडिसन मार्फत छनौट भई अन्तिम प्रतिष्पर्धामा रहेका उत्कृष्ट प्रतियोगिहरुले समेत आफ्नो प्रस्तुती राखेको संघ अध्यक्ष याम सागर विकले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस