• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 02:08:39
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

शुक्लागण्डकीका दुई कृषि सहकारी मर्ज हुने

दुलेगौंडा, २ मंसिर । शुक्लागण्डकी नगरपालिकामा रहेका दुई कृषि सहकारी एकआपसमा मर्ज हुने भएका छन् । शुनपा–४ दुलेगौंडामा रहेको नयाँ कृषि अभियान कृषि सहकारी संस्था र शुनपा–६ मा रहेको युवा उद्यमी कृषि सहकारी मर्ज हुने भएको हो । 


बेलचौतारामा नयाँ कृषि अभियानको  शनिवार भएको दोस्रो वार्षिक साधारण सभाले मर्जको लागि स्विकृति दिएको अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए । ‘यसअघि दुबै सहकारीको सञ्चालक समितिको बैठक बसेर छलफल गरेका थियौं,’ उनले भने–‘अब हामीलाई अगाडी बढ्न बाटो खुलेको छ ।’ सहकारीको नामको टुङ्गो छलफलपछि लगाइने उनले जानकरी दिए । 


६ वर्षअघि  काठमाडौंमा स्थापित नयाँ कृषि अभियान कृषि सहकारीले वि.स. २०७३ सालमा दुलेगौंडामा शाखा सञ्चालन गरेको हो । हाल यस शाखामा ३ सय ३ शेयरधनी सदस्य छन् । सहकारीको कुल पुँजी १६ लाख ७० हजार रुपैया रहेको छ ।   मर्ज हुन लागेको युवा उद्यमी कृषि सहकारी २०७१ सालमा स्थापना भएको हो । हाल यस सहकारीमा ३३ शेयर सदस्य छन् । युवा उद्यमी कृषि सहकारीले सञ्चालन गरेको बंगुर फार्म हाल बन्द रहेको छ । मर्जपछि सो फार्मसमेत सञ्चालन गर्ने सहकारीले जनाएको छ । 


यसअघि सहकारीको दोस्रो साधारण सभा उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य केदार सिग्देलले सहकारीले सामुहिकताको भावना ल्याई लगानी गर्नुपर्नेमा जोड दिए । नयाँ कृषि अभियान कृषि सहकारी संस्था लिमिटेडका केन्द्रिय लेखा समिति संयोजक पुण्यप्रसाद पौडेलले सहकरीको सिद्धान्त अनुसार सहकारी चल्नुपर्ने बताए । 
सो अवसरमा शुनपा–६ का अध्यक्ष कृष्ण बहादुर पौडेल, सहकारीका सल्लाहकार मुक्ति तिमील्सीना, उपाध्यक्ष तिर्थराज खनाल, लेखा समिति सदस्य सञ्जय घिमिरे लगायतले वर्तमान समयमा सहकारीले पु¥याएको योगदानबारे चर्चा गरेका थिए । 
 

प्रतिकृया दिनुहोस