• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
  • 11:15:57
  • ON AIR
  • UP NEXT

सिम्लेमा सेभेन ए साइड फुटबल सुरु

रेफ्रीलाई बल प्रदान गरेर उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गुरुङ

दुलेगौडाँ, कात्तिक १५
नवप्रभात युवा क्लब भिमाद–८ सिम्लेको आयोजनामा बिहीबारदेखी सेभेन ए साइड फुटबल सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन २ खेल भएका छन् । पहिलो खेलमा शान्तिनगर भिमाद ‘बि’लाई १–० गोल अन्तरले पराजित गर्दै दोभान एफसी विजयी भएको छ । निकै प्रतिष्पर्धात्मक खेलको अन्तिम मिनेटमा दोभानका आसमान थापाले गरेको गोल नै जितका लागी पर्याप्त भयो ।
दोस्रो खेलमा चैनपुरलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराको समुह विजयी भएको छ  । निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो ।   यस्तै प्रतियोगिताको उद्घाटनमा मैत्रीपुर्ण खेल भएको थियो । शान्तिनगर भिमाद बि र भागर युवा क्लब बिच भएको मैत्रीपुर्ण खेलमा भागर १–० ले विजयी भयो ।
प्रतियोगिताको फाइनल खेल  कात्तिक २० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधी विजेतालाई २० हजारको साथमा प्रमाणपत्र, कप, मेडल र ट्रफी, उपविजेतालाई १५ हजारको साथमा प्रमाणपत्र, कप, मेडल र ट्रफी प्रदान गरिनेछ ।


यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नेपालमा व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्न नसक्दा खेलकुदको बिकास हुन नसकेको बताए । गण्डकी प्रदेश सरकारले खेलकुदलाई महत्व दिएर खेलकुद एकेडेमी निर्माण गर्ने योजना अगाडी सारेको बताए । हरेक स्थानिय तहमा खेल मैदान निर्माण गर्ने  निती लिएको समेत जानकारी गराए । ‘खेलकुदलाई पर्यटनसँग जोडेर आन्तरिक र बाह्य र्यिटक भित्र्याउनुपर्छ’, उनले भने ।

भिमाद– ८ का अध्यक्ष बुद्धीमान श्रेष्ठले अनुशासन र मैत्रीभाव जगाउन खेलुकद प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको बताए । भिमाद– ९ का अध्यक्ष इमान बहादुर थापाले शारिरीक र मानसिक स्वास्थ्यका लागी खेलकुदमा जोड दिनुपर्ने भनाई राखे ।  क्लबका अध्यक्ष हरि बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद खेलकुद बिकास समितिका अध्यक्ष प्रेम थापा, भेष बहादुर भुजेल, तेजेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस