• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 12:32:51
  • ON AIR Your Choice
  • UP NEXTSangit Darpan

लायन्स भलिबलको उपाधी राङरुङलाई, महोत्सव आज सकिदै

दुलेगौँडा, २७ असोज । प्रथम शुक्लागण्डकी लायन्स महोत्सवको अवसरमा भएको वडास्तरिय भलिबल प्रतियोगिताको उपाधी राङरुङ युवा समुहले कब्जा गरेको छ । शुक्रवार भएको फाइनल खेलमा राङरुङ्ग युवा समुहले बैडी ब्वाइज युनिटलाई २५–२३, १८–२५, २५–२३ र २६–२५ को सेटमा पराजित गरि उपाधी हात पारेको हो । 


उपाधीसँगै राङरुङले नगद १ लाख ५ हजार र बैडीले नगद ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो स्थानका लागी नाइसा र सेभेन ए गाइजबीच भएकोमा नाइसा पराजित भयो । २५–१०, २५–२०, २३–२५ र १५–१० को स्कोरमा सेभेन एले तेस्रो स्थान बनाउन सफल भयो ।  उसले नगद २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । 
विजयी समुह एवंम खेलाडीलाई शनिवार महोत्सवको समापनको अवसरमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सोमबारदेदि भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा कुल १६ समुहले प्रतिष्पर्धा गरेको मुल क्लव अध्यक्ष प्रदिप थापाले जानकरी दिए । 


यसैबीच असोज १९ गते शुरु महोत्सव आज सकिदै छ । सामाजिक सेवा संगै आर्थिक बिकासको पूर्वाधार, लायन्स महोत्सव सम्वृद्व शुक्लागण्डकीको आधार भन्ने मुल नारासहित सञ्चालित महोत्सवमा  महोत्सवमा दैनिक स्वास्थ्य शिविर  व्यवसायिक स्टल, कृषि, हस्ताकला तथा घरेलु उत्पादनको प्रर्दशन तथा विक्रि र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ । शुक्रवारसम्म करिव ५ सय ५० जना स्वास्थ्य शिविरबाट लाभान्वित भएको स्वास्थ्य समिति संयोजक देवीभक्त रानाले बताए । 
 

प्रतिकृया दिनुहोस