प्रथम लायन्स भलिबलमा आजबाट सेमिफाइनलका खेल
दुलेगौँडा, २५ असोज । शुक्लागण्डकी–५ बेलचौतारामा जारी प्रथम शुक्लागण्डकी लायन्स महोत्सवमा जारी वडास्तरिय भलिबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेल शुरु भएका छन् ।
पहिलो खेल नाइसा कन्सट्रक्सन र राङरुङ्ग युवा समुह र दोस्रो खेल सेभेन ए गाइज र बैडी ब्वाइज युनिटबीच भएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा भएको सो प्रतियोगितामा बुधवार ४ खेल सम्पन्न भएको छ ।
बुधबार भएको पहिलो क्वाटरफाइनलमा राङरुङ्ग युवा समुह, वैडी ब्वाइज युनिट, नाइसा कन्सट्रक्सन र सेभेन ए ब्वाइज अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा राङरुङ्ग युवा समुहले फ्रेन्डसीप युवा क्लब बेलचौतारालाई २३–२५, २५–२३ र २५–१७ को सेटमा पराजित गर्दै राङरुङ्ग सेमिफाइनलमा पुगेको हो । अर्को खेलमा बैडी ब्वाइज युनिटले चाङसिङ युवा क्लबलाई २५–२२, २५–२१ को सोझो सेटमा पराजित ग¥यो ।
नाइसा कन्स्ट्रक्सन र बराहडाँडाँ युवा क्लवबिच भएको तेस्रो खेलमा नाइसाले विजयी यात्रा कायमै राख्न सफल भयो । नाइसाले बराहाडाँडाँलाई ३०–२८,२१–२५ र २५–१६ को सेटमा पराजित गरेको हो । अन्तिम खेलमा सेभेन ए ब्वाइज विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । सेभेन ए ब्वाइजले शुक्लागण्डकी– ८ को समुहलाई २५–२२, २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा १६ समुह सहभागी छन् । विजयी समुहलाई नगद १ लाख ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद संयोजक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार द्धितिय र तृतीय हुने समुहलाई क्रमश ः ७५ हजार, २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । फाईनल खेल शुक्रबार हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस