• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 02:10:37
  • ON AIR
  • UP NEXTBhakti Darshan

थाइल्यान्डमा गुफाबाट उद्धार गरिएका १२ बालक र फुटबल प्रशिक्षक अस्पतालबाट घर फर्किए

काठमाडौं, साउन २ । थाइल्यान्डको उत्तरी चियाङ राइ प्रान्तको ताम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्केका छन् ।वाइल्ड वोर्स् जुनियर फुटबल टोलीका ती सदस्यहरु अस्पताल छाड्नुअघि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।


आफूलाई उद्धार गर्ने थाई नेभी सिलका सदस्यसहित फुटबल सामग्री लिएर उपस्थित भएका उनीहरुले आफूहरुको उद्धारकार्यलाई ‘चमत्कार’ भनेका छन् ।गोताखोरलाई आफूहरुले भेट्दाको अवस्था बताएका एकजना बालकले ९ दिनसम्म खाना नभएपनि पानी भने सफा रहेको बताए ।

उनीहरुलाई मानसिकरुपमा असर नपर्ने ठानेपछिमात्र पहिला नै तयार गरिएको प्रश्नको जवाफ दिने गरी पत्रकार सम्मेलनको व्यवस्था मिलाइएको थियो ।

प्रान्तका गर्भनर प्राचोन प्रास्त्सुकानले ‘अफिसियल’ सन्चारमाध्यमलाईमात्र अन्तर्वार्ता दिएका उनीहरुलाई यसपछि सन्चारमाध्यमसँग कुरा गर्न नदिइने बताएका छन् ।

उनीहरुलाई केही समय बौद्ध भिक्षुहरुसँग पनि राखिने योजना रहेको छ । गत जुन २३ मा गुफामा पसेका उनीहरु बाढी पसेपछि दुई हप्ता बढी समय त्यहीँ थुनिएका थिए । 

प्रतिकृया दिनुहोस